चैत्र २६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन लागिपरेको आरोप लगाएका हुन् ।
शनिबार बागलुङमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रचण्ड र नेपाल कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न जन्मिएको बताएका हुन् । उनले प्रचण्ड र नेपाल आफू पनि सकिने र कम्युनिस्ट आन्दोलनलाई पनि ध्वस्त पार्ने पनि बताए ।
उनले एमाले भएकै कारण कम्युनिस्ट आन्दोलनको रक्षा भएको बताएका छन् । वर्तमान सरकारले नौ महिनामै देशलाई कंगाल बनाएकोसमेत ओलीले आरोप लगाए । ‘देउवा नेतृत्वको सरकारले नौ महिनामा देशलाई कंगाल बनायो,’ उनले भने ।


















