चैत्र २८ : एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज सोमबार ताजिकिस्तानको सामना गर्दैछ। किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले दोस्रो खेलमा ताजिकिस्तानको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान १०: ४५ बजे सुरु हुनेछ ।
नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । तर, बलियो टोली ताजिकिस्तानकालाई हराउँन नेपाललाई सहज भने छैन। पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५-१ गोल अन्तरले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपाल ताजिकिस्तानलाई रोक्न चाहन्छ ।
छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह बी मा रहेको नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने तालिका रहेको छ।


















