राष्ट्रपतिद्धारा पाँच सय भन्दा बढिलाई विभिन्न विभूषण प्रदान

बैशाख १ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७८ का अवसरमा विभिन्न व्यक्तिलाई घोषणा गरिएका विभूषण आज बिहीवार प्रदान गर्नुभएको छ ।

गएको असोज ३ गते संविधान दिवसका अवसरमा सरकारले गरेको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये नेपाल रत्न मानपदवी पूर्वप्रधानमन्त्री स्व.कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरव मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गरिएको छ ।

यस्तै महाउज्ज्वल राष्ट्रदीप राजनीतिज्ञहरू स्व.तुलसीलाल अमात्य, स्व.मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक योद्धा स्व.दुर्गानन्द झा र स्वरसम्राट स्व.नारायणगोपाल गुरुवाचार्यलाई प्रदान गरिएको छ ।

यस्तै सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट राजनीतिज्ञहरू प्रदीप नेपाल, स्व.पोष्टबहादुर बोगटी, स्व.मार्शलजुलुम शाक्य र उज्ज्वल कीर्तिमय राष्ट्रदीप सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ । विभूषण प्राप्त गर्नेहरूको सूची झन्डै पाँच सयको सङ्ख्यामा छ ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री बालकृष्ण खाणलगायतका मन्त्री र उच्चपदस्थ अधिकारीको उपस्थितिमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा विभूषण प्रदान गरिएको हो

पाच सय भन्दा बढिको ंसङ्ख्यामा विभूषण प्राप्त गर्ने मध्यमा राजनितिज्ञ, कलाकार , समाजसेवि पत्रकार लयागत केही सामाजिक अभियान्ता समेत रहेका छन ।