बैसाख ७: गुल्मी जिल्लामा जन्मिएकी उर्मिला विश्वकर्मा बाल्यकालदेखि नै राजनीतिमा सक्रिय छिन्।

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)बाट राजनीतिक यात्रा सुरू गरेकी उनले पार्टीका विभिन्न तहमा रहेर काम गर्दै आएकी छिन्। उनले विभिन्न क्षेत्रमा रहेर सामाजिक काम गर्दै आएकी छिन्।
अध्ययनशील, सूचना प्रविधिकाे राम्राे ज्ञान भएकी, सबैसँग मिलेर काम गर्न सक्ने, राजनीतिकदेखि प्रशासनिक र कानूनी विषयमा ज्ञान भएकी, नयाँ साेच र विचार भएकी, प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्न सक्ने भएकाले उनी जस्ताे राम्राे मान्छे नगरपालिकाकाे नेतृत्वमा आउनु चाहनु सकारात्मक कुरा भएकाे स्थानी बताउँछन्।
मैले यसअघिदेखि जनप्रतिनिधिका रूपमा टाेखा नगरपालिकाका स्थानीय बासिन्दाकाे सेवा गर्दै आएकी छु। यहाँ काम गर्दै गर्दा मैले यहाँकाे विकास कसरी गर्ने सकिन्छ भन्ने राम्राे अनुभव बटुल्न पाएँ,’ उनले भनिन्,‘त्यसैले सधै हामी दलित महिला वडा सदस्यमै बस्नुपर्छ भन्ने छैन, काम र अनुभवका आधारमा मैले उपमेयर बन्ने आकांक्षा राखेकी हुँ।
’वि.सं. २०७४ काे स्थानीय तह निर्वाचनमा टाेखा नगरपालिका वडा नम्बर ७ काे दलित महिला सदस्यमा विजयी भएर कार्यपालिका सदस्यका रूपमा काम गरेकाे अनुभवका आधारमा उपमेयरमा दाबी गरेकाे उनी बताउँछिन्।टाेखा नगरपालिकाको उपमेयरमा नेकपा (एमाले) बाट युवा नेत्री उर्मिला विश्वकर्माले दाबी गरेकी छन्। यस क्षेत्रमा राम्रो छवि बनाएकी उनले आसन्न स्थानीय तह निर्वाचनमा टाेखाको उपमेयरमा उम्मेदवारी दिने तयारी गरेकी हुन्।


















