बैसाख ९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरहरा र भ्यू टावर निर्माणको आलोचना भएकोमा खण्डन गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवस तथा स्थानीय तह निर्वाचन ०७९ को चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा ओलीले आक्रोस पोखेका हुन् ।
भ्यू टावर र धरहरा बनाउने ठाउँमा पहिले धान फल्दैन थियो भन्दै ओलील भने ‘एमाले नभएको भए गर्व गर्ने धरहरा आज हामी देख्न पाउदैनथ्यौं । कांग्रेसहरू र यो गठबन्धन त के भन्दै छ भने भ्यू टावर बनाउनु हुँदैन अरे ।
अनि त्यहाँ के धान फल्छ त धान ? , उनले प्रश्न गरे, ‘धरहरामा पहिले धान फल्थ्यो ? अनि त्यहाँ के पसल राख्ने धरहराका टुप्पामा लिएर ?’ ‘गुजराती भैँसी किनेर बाँधेको हो ? जर्सी किनेर बाँधेको हो र दूध दिनलाई ? ओलीले ब्यगं गर्दै धरहरा र भ्यू टावर निर्माण गरेकोमा बिरोध गर्नेहरुलाई प्रश्न माथीको प्रश्न गरेका हुन ।


















