काठमाडौं महानगरमा मेयरका उम्मेदवार बालेनद्वारा २८ बुँदे रहरलाग्दो प्रतिबद्धतापत्र

बैशाख ११ः काठमाडौं महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । आइतबार उम्मेदवारी मनोनयन अघि शाहले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

शाहले आफ्नो प्रतिबद्धता पत्रमा काठमाडौँ महानगर पालिकाका सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गरेर प्राविधिक शिक्षामा जोड दिने बताएका छन् । त्यस्तै निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने उल्लेख गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा शाहले प्रत्येक वडामा योग्य चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याब सहितको स्वास्थ्य क्लिनिक सुरुवात गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौँ महानगरपालिकाको स्वामित्वमा पूर्ण सुविधायुक्त एम्बुलेन्स सेवाहरू सुचारु गरिने र ७० वर्ष माथिका वृद्ध वृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण घरघरमै गरिने योजना उनले अघि सारेका छन् ।

उनले सबै सरकारी कार्यालयमा सीसीटिभि जडान गर्ने, सरकारी कार्यालयमा बिहानी सिप्फ सञ्चालन गर्ने, सरकारी कार्यालयहरुका प्रभावकारी डेस्क स्थानप गर्ने जस्ता कामहरु अगाडि सारेका छन् ।

शाहले सार्वजनिक तथा महानगरिय यातायातलाई एउटै छाता संगठन अन्तर्गत ल्याएर शतप्रतिशत विद्युतीय सार्वजनिक यातायातको थालनी गरिने बताएका छन् ।

यस्तो छ उनको २८ बुँदे प्रतिबद्धता पत्र

[pdf-embedder url=”http://sandarbhatoday.com/wp-content/uploads/2022/04/GHosana-Patra-Balen-1.pdf” title=”GHosana Patra Balen (1)”]