बैशाख १२ः नेपाली कांग्रेस चितवनका नेता एवं पूर्व सांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

भरतपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा जुलुस सहित पुगेर पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । पौडेललाई चितवन कांग्रेसका पूर्व सभापतिहरु कृष्णलाल सापकोटा, टिकाराम न्यौपाने लगायतले समर्थन दिएका छन् ।
उम्मेदवारी दर्तापछि पौडेलले कांग्रेस कार्यकर्ताहरुले निरुत्साहित हुन नपरोस् भनेर आफूले स्वतन्त्र उम्मेदवारी दिनुपरेको बताए ।
‘कांग्रेस जनहरुले निरुत्साहित हुनु नपरोस भनेर मैले उम्मेदवारी दर्ता गराएको हु । मेरो उम्मेदवारी भरतपुरका जनताको चाहना अनुसार हो’, पौडेलले भने ।


















