जेष्ठ २: नेकपा एकीकृत समाजवादी पार्टी तमानखोला पालीका अध्यक्ष तारानाथ श्रीपालीको सामाजीक संजालमा ब्यापक आलोचना सुरु भए मौखिक स्पष्टिकरण दिएका छन ।
Routine of Baglung Banda नामक पेजबाट बागलुङको तमानखोला गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार तारानाथ शिर्पालीले जम्मा एक मत पाए । भन्ने पोष्ट बाहिरीएसंगै उनको ब्यापक चर्चा भएको हो।
एक मत मात्रै पाएको भन्ने कुराले ब्यंगात्मक रुपमा चर्चा चुलिए संगै उक्त बिषयमा श्रीपालीले स्पष्ट पारेका छन ।
तारानाथ श्रीपालीले स्थानीय निर्वाचनमा उपाध्यक्ष पदका लागी आफुले उमेद्धवारी दिएको तर फिर्ता नगरेरै कुनै अन्य दललाई आफुले सहयोग समर्थन गर्दै आफुलाई भोट नहाल्न जनतासंग अनुरोध गरेको बताएका छन ।
लामो समय नेकपा एमालेमा रहेका श्रीपाली स्थानीय चुनावको मुखैमा नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । श्रीपालीले आफुले अरु नै कुनै दललाई सहयोग गरेको बताए पनि सो दल वा उमेद्धवारको नाम लिन नचाहने बताएका छन , उनको भनाई अनुसार आफुले उमेद्धवारी फिर्ता नगरेको कारण र एउटा मात्रै मत खसेको कुरा बाहिरिनु स्वभाविक भएको भन्दै त्यसमा आफुलाई कुनै दुखेसो नरहेको बताएका छन ।
श्रीपालीले आफुले कम मात्रामा सामाजिक संजाल प्रयोग गर्ने गरेको बताउदै कसैको बारेमा लेख्नु अगाडि एकपटक सत्य सत्यतथ्य बुझ्न आवश्यक रहेको बताएका छन ।
















