बलात्कार पीडितका न्यायका लागि न्‍याय माग्दै बालुवाटारमा धर्ना

जेष्ठ ६ : बलात्कृत भएकी युवतीको न्यायका लागि दबाब दिन युवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् ।

अकुपाइ बालुवाटार’को नाममा अभियान नै चलाएर युवाले स्वतः स्फूर्तरुपमा भेला भएर धर्ना दिएका हुन् । बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटक मार्फत आफूलाई सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले लठ्ठिने सामग्री भएको पेय पदार्थ खुवाएर बलात्कार गरेको खुलासा गरेकी थिइन् ।

कानुनी रुपमा १वर्ष भन्दा बढि भएको केश अदालतले नहेर्न भन्ने सुचना बाहिरीए संगै यूवाहरुले धर्ना गरेका हुन , न्यायको निमिक्त प्ले कार्ड सहित अहिले पिडितलाई न्याय दिलाउन र अपराधिलाई हदैसम्मको कार्वाहीको माग गर्दै वालुवाटारमा धर्ना गरेका हुन।