
काठमाडौं असोज १९ : राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारको रात चन्द्रागिरिस्थित रिसोर्टमा बिताएकी छन्।
रिफ्रेस हुनका लागि दिउँसो चन्द्रागिरि पुगेकी उनी सोमबार चन्द्रागिरि हिल्स रिसोर्टमा बसेको स्रोतले जनाएको छ।
‘उहाँ रिफ्रेस हुन आउनुभएको हो। हिजो यहीँ बस्नुभयो, आज फर्किनुहुन्छ,’ ।
औपचारिक कार्यक्रम नभएकाले केही सहयोगीका साथ राष्ट्रपति भण्डारी चन्द्रागिरि पुगेकी थिइन,
राष्ट्रपति भण्डारी आज मंगलबार शीतलनिवास फर्किने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए। भण्डारीलाई माइक्रो चढाएर चन्द्रागिरि लगिएको थियो ।
पछिल्लो समय नेकपा एमाले विभाजन हुनुअघि माधवकुमार नेपालसहितका नेताहरू चन्द्रागिरिको रिसोर्टमा गएर बसेका थिए।









