धरानको तिर्खा मेट्ने लक्ष्य बोकर निर्वाचित भएका हर्क साम्पाङ्

जेष्ठ १३: स्थानीय तहको निर्वाचनबाट सुनसरीको धरान उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ्) मेयरमा निर्वाचित भएसंगै उनको चर्चा एकपछि अर्को चुलिएको छ।

चुनाव र मतान्तर अगाडि सम्मपनि सामान्य अभियानकर्ताको रुपमा छवि बनाएका राई नगरप्रमुख बन्लान् भन्ने जोकसैको अनुमान भन्दा परको कुरा थियो । न पट्टयाउने खोलाले मान्छे बगाउछ भने जस्तै बनिदियो हर्कको जीत ।

आफै टेम्पु चलाएर माइकिङ गर्दै जनताको घैरदैलोमा एक्लै एक्लै हिडेका राईले उपमहानगरको सेवा प्रवाहलाई सुधार गर्ने र सबैसँग मिलीजुली काम गर्ने लक्ष्य बोकेको सुनाउछन ।

उपमहानगरको मेयरका रुपमा आएका राईको परिचय भने सामान्य छैन चुनाव चिह्न लौरो लिएर प्रतिस्पर्धामा होमिएका उनले आफूलाई धरानवासी जनताका लागि न्यायको आवाज उठाउँदै हिँड्ने मान्छेका रूपमा प्रस्तुत गर्दै आएका छन्।

धरानबाट स्नातक तहको अध्ययन पूरा गरेका हर्क राइ कुनै बेला वैदेशिक रोजगारीका लागि इराक समेत पुगेका थिए त्यहाँ बस्दापनि उनको दिमाग भने नेपालमै केन्द्रित हुनेगरेको उनी सुनाउछन् उनले पछिल्लो एक दशक आफूलाई सामाजिक मुद्दाहरूमा केन्द्रित गर्दै आएका थिए।

यस अगाडि पनि वि.सं.२०७४ सालको उपनिर्वचानमा स्वतन्त्र उम्मेदवार बनेका राईले ५४० मत ल्याएका थिए। धरानमा प्रमुख समस्याको रुपमा देखिएको खानेपानीको तत्काल सुधारसहित सुशासन र भ्रष्टाचारमुक्त धरान निर्माणका लागि २७ बुँदे प्रतिबद्धता व्यक्त गरेका उलाई मेयरको रुपमा पाउदा हर्षित रहेको स्थानीय बासिन्दाको भनाई छ ।

जनताको दुःख र पीडाको आवाज बोलेर हिँडेका राईले चुनाव प्रचारको समयमा भनेका थिए जनताको आँसु पुछ्ने र घाउमा मलम लगाइदिने ठाउँमा पुर्‍याउन मेरो सादर अनुरोध त्यो पुकार सुनुवाई भएको आफु धन्य रहेको हर्क बताउछन्।

खानेपानीको समस्या, सर्दु जलाधार क्षेत्रको संरक्षण, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रका विकृति र विसङ्गतिविरुद्ध खबरदारी अभियान चलाउँदै आएका साम्पाङ्ले अब दिनप्रतिदिन जनता संग गरेको बाचा पुरा गर्ने बताएका छन ।

७४ सालमै चुनाव हारिसकेको तपाई उर्जा मरेको थिएन भन्ने हाम्रो प्रश्नमा उनी भन्छन् मनमा स्वार्थ हुन्थ्यो भने सायद त्यस्तो पनि हुन्थ्यो होला तर म त स्वार्थ भन्दा निकै पर छु , यसअघिको चुनावमा धराने मतदाताले विश्वास नगरे पनि मैले हिम्मत हारिनँ। धरानवासीको समस्या लिएर एक्लै पनि सडकमा निस्किएँ। यस पटक मलाई विश्वास गर्नुभयो अब मैले धरानवासीको विश्वासलाई कुनै पनि हालतमा घात गर्दिनँ।

उनले लामो समयदेखि धरानको प्रमुख समस्याको रुपमा रहेको पानिको समस्या दूर गर्छ भन्दै गर्दा
झन्डै पौने दुई लाख जनसङ्ख्या रहेको धरानमा मानिसहरूले वर्षौँदेखि झेल्दै आएको यो समस्या भने सामान्य नरहेको स्थानीय बताउछन।

त्यहाँ दैनिक एक लाख ५० हजार लिटर पानीको माग छ तर मागको तुलनामा आधा मात्रै पानी आपूर्ति गर्न सकिएको बताइन्छ।

हिउँदको समयमा धरानमा खानेपानीको हाहाकार मच्चिन्छ केराकेटी देखि बृद्धासम्मले पानीको खोजीमा हिडेको दृश्य मष्टिस्कमा टासिएर बसेको मेयर राईले सुनाउछ, त्यहाँ दैनिक एक लाख ५० हजार लिटर पानीको माग हुदै आएपनि मागको तुलनामा आधा मात्रै पानी आपूर्ति भएको राईको भनाई छ ।

खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सप्तकोशीबाट स्रोत थप्ने र आफैँ खटिएर खानेपानीको उत्पादन, सञ्चय र वितरण प्रणालीमा सुधार गर्ने अनि अनाहकमा हजारौँ रुपैयाँ बिल आउने प्रणालीको अन्त्य गर्ने राईले प्रतिबद्धता गरेका छन। २०,८२१ मत ल्याएर जित हासिल गरेका राईका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले भने १६,०६९ मत ल्याएका थिए।

धरानका मतदाताले तपाईलाई किन रोजेका होलान भन्ने प्रश्नको जवाफमा हर्क भन्छन, मेरो घोषणापत्र वा चुनावि अभियानमा धराने जनताको सपना मिसिएको थियो , समस्या र समधान जोडिएको थियो वर्षौँदेखि राजनीतिक दलका नेताहरूले दिएको उधरो सपना र आश्वासन थियो । राई थप्छन अबको केही महिना पछि तपाई संगै धरानका बिषयमा कुरा कानी गर्ने अबसर मिलेछ भने हामी संग समस्या कम बिकास र अवसर ज्यादा भएको देख्न वा सुन्न पाउनुहुनेछ ।