जेष्ठ १८ः नेकपा एमालेका सांसद खगराज अधिकारीले वर्तमान सरकार जनविरोधी रहेको आरोप लगाएका छन्।

बिहीबार संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै अधिकारीले बजेटमार्फत ल्याइएका विभिन्न प्रावधानहरुले सरकार समाजवादउन्मुख कम जनतामारा बढी देखिएको बताएका छन ।
उनले कर्मचारीको तलब वृद्धि न्यायोचित ढंगले नगरिएको बताएका छन । तलब वृद्धिबाट उच्च वेतन भएका कर्मचारीलाई फाइदा हुँदा न्यून बेतन भएका कर्मचारीलाई राहतसम्म हुन नसकेको उनले बताए ।‘ जनताविरोधी सरकार हो भन्नेकुरा बजेटको तलबवृद्धिको कुराले पनि देखाएको छ,’ उनले गुनासो पोखेका छन।
अधिकारीले स्यानिटरी प्याड आयातामा ९० प्रतिशत कर छुट दिएर सरकारले स्वदेशी उद्योगलाई थला पार्न खोजेको बताए। यसबाट सरकारमा रहेका सदस्यहरुले आफ्ना नजिकका व्यक्ति पोस्नकै लागि यस्तो प्रावधान राखिएको उनले बताए।
उनले उद्योगधन्दामा विद्युत महसुल छुट गर्ने विषयको विरोध जनाएका छन् । ठूला ठूला व्यापारीको फाइदाका लागि अर्थमन्त्रीले यस्तो प्रवन्ध गरेको आरोप लगाए।










