जेष्ठ २०ः अभिनेता पल शाहलाई रिहाइको माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन भएको छ ।

एक नाबालिग गायिकाले बलात्कारको आरोप लगाएपछि गत फागुन १५ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा आफै उपस्थित भएका शाहलाई त्यहाँको जिल्ला अदालतले चैत ११ गते मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो
गत हप्ता आरोपित शाह रिहाइ हुने समचार बाहिरी संगै खुशी बनेका उनका समर्थक उच्च अदालतले रिहा नगर्न आदेश दिए संगै पलका फ्यानहरुले न्याय निरुपण कायम गर, अदालतमा हुने भ्रष्टाचार अन्त्य गर, निर्दोषलाई फसाउन पाइँदैन, पुरुष हिंसा बन्द गर, पल शाहलाई न्याय दे, महिलाको अधिकार सुनिश्चित गर लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका हुन् ।
बिहीबार मात्रै उच्च अदालत पोखराले शाहलाई रिहा नगर्ने आदेश दिएको थियो । अदालतले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गर्दै रिहाइ नगर्ने आदेश दिएको हो । एक नाबालिग गायिका माथि बलात्कारको आरोपमा पक्राउ परेका शाह हाल थुनामै छन् ।
पलको रिहाइ माग गर्दै आफुलाई सामाजिक अभियान्ता भन्ने केही युवायुपति सहितको समुहले प्रचार पोष्टर सहति राजधानिमा धर्ना दिएको हो ।











