जेष्ठ २२ः सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले मन्त्रिपरिषद् हेरफेरका लाथि नाम सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।

आइतबार दिउँसो बसेको सचिवालय बैठकले मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो। निर्णयलगत्तै नयाँ मन्त्रीहरूको लागि नाम सूची प्रधानमन्त्री देउवासमक्ष बुझाइएको हो।
पार्टीका तर्फबाट ६ महिनाका लागि मन्त्री बनाइएका हरुको समयावधि नाघेको भन्दै बैठकमा नया मन्त्रि फेरबदल गर्ने बारे समीक्षा भएको थियो।
मन्त्रिको फेरबदल गर्ने निर्णय अधिकार अध्यक्ष नेपालसँग रहेको थियो सोही अनुसार सहरी विकासमा मेटमणि चौधरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, श्रममन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्यमन्त्रीमा भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई जिम्मेवारी दिने एकीकृत समाजवादीले निर्णय गरेको छ।


















