काठमाडौं–१ बाट संसदीय निर्वाचन लड्ने खरेलको घोषणा

जेष्ठ २९ : पूर्वडिआइजी रमेश खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट संसदीय निर्वाचन लड्ने भएका छन्।

खरेलले आफू नेतृत्वको नेपाल सुशासन पार्टीबाट आगामी चैत–बैशाखमा हुने प्रतिनिधिसभा सदस्य चयनका लागि हुने निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

पार्टीले खरेललाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो।

प्रहरीबाट अवकाश पाएयता खरेल भ्रष्टाचारविरोधी अभियानमा संलग्न छन्। प्रहरी सेवामा रहँदा पनि उनी आफ्नो आक्रामक शैली र खरो अभिव्यक्तिका कारण चर्चामा आइरहन्थे।

यसअघि उनले काठमाडौं वा पर्साबाट उम्मेदवार बन्ने तयारी गरिरहेको भन्ने समाचारहरू आउने गरेका थिए।

आफुले सधै भन्ने गरेको सुसासन र भष्ट्रचार अन्त्यको निमिक्त आफु निर्णायक तहमा पुग्न आवश्क रहेको महशुस गर्दै आफुले उम्मेद्धवारी दिन तयार बनेको रमेश खरेलको भनाई छ ।