जेष्ठ ३०ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको चुनाव आगामी मंसिर सम्ममा हुने समझदारी गठवन्धनभित्र भएको बताएका छन् ।
बर्दियामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले प्रदेश र संघको निर्वाचनपछि मुलुकमा नयाँ सरकार गठन भएर विकास, समृद्धिको यात्रा अघि बढ्ने दाबी गरे।
चुनाव कहिले गर्ने भन्नेमा गठबन्धनमा मोटामोटी सहमति भइसकेको उनले बताए । दुई चरणमा गर्ने कि एक चरणमा भन्ने चाहिँ टुंगिन बाँकी रहेको उनको भनाइ छ।
सकभर एकै चरणमा गर्ने कि भन्ने छलफल भइरहेको छ । तर मंसिर पहिलो सातामै चुनाव हुन्छ , त्यसमा ढुक्क भए हुन्छ’ उनले भने उनले स्थानीय चुनाव सफल भएसँगै देशमा संघीयताको जरा मजबुत भएर गाडिएको दाबी गरे ।
‘अब यसलाई कसैले हिलाएर हिल्दैन,’ प्रचण्डले भने, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता सबैको मुख्य प्रवक्ता हुनुको नाताले मैले सदनमा पनि खुसी व्यक्त गरेको थिएँ ।









