असार २ : नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक अर्ब दुई करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित सात जना महिलालाई पक्राउ गरेको छ । आज पत्रकार सम्मेलन गर्दै गएको जेठ २६ देखि ३१ गते एक हप्ताको अवधिमा ५१ किलो सेतो हेरोइनसहित सात जना अफ्रिकी महिलालाई पक्राउ गरेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा लागुऔषध नियन्त्रण ब्युरो कार्यालय प्रमुख जीवनकुमार श्रेष्ठले नेपाललाई ट्रान्जिट बनाएर भारत लगायतका देशमा कारोबार गर्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी लागुऔषध कारोबार गर्नेहरूलाई पक्राउ गरेको बताए । उनले विगतमा पनि लागुऔषध कारोबारीहरू पक्राउ गरिएको आधारमा निगरानी राख्दै जाँदा ५१ केजी हेरोइन फेला परेको बताए ।
बरामद गरिएको ५१ केजी हेरोइन अहिलको बजार मूल्यअनुसार एक अर्ब दुई करोड रुपैयाँ बराबार हुने बताइएको छ । पक्राउ परेका सातै जना दक्षिण अफ्रिकाका महिला नागरिक रहेका छन् ।

















