कोरोनाले कालीगण्डकीमा ¥याफ्टिङ ठप्प सुकायो

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणका कारण पवित्र कालीगण्डकी नदीमा सञ्चालन हुँदै आएको जलयात्रा (¥याफ्टिङ) ठप्प बनेको छ । हरेक वर्षको वर्षायामपछि नदीमा वहाब घटेलगत्तै सुरु हुने जलयात्रा विगत दुई वर्षदेखि रोकिएको हो ।

जलयात्राका लागि यो पहिलो याम हो भने अर्को याम फागुदेखि जेठसम्म हुने गर्दछ । कोरोना सङ्क्रमणका कारण विदेशी पर्यटक नआउदा जलयात्रा ठप्प जस्तै बनेको पर्यटन व्यवसायीले बताएका छन् ।

कालीगण्डकीमा अङ्ग्रेजी महिनाको सेप्टेम्बर दोस्रो सातादेखि नोभेम्बरको मध्यसम्म जलयात्रा सञ्चालन हुने भए पनि गतवर्ष र यसवर्ष जलयात्राका लागि पर्यटक नआएको कालीगण्डकी ¥याफ्टिङ कम्पनीका सञ्चालक होम पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्षका दुवै याम र यस वर्षको पहिलो याममा जलयात्राका लागि आउने पर्यटक शून्यजस्तै भएको छ । अहिले केही आन्तरिक पर्यटकले जलयात्राका गर्नका लागि बुकिङ गरेपनि एक÷दुई दिनका लागि मात्र भएको उहाँको भनाइ थियो ।

विदेशी पर्यटक नेपालमै भित्रिन नसकेकाले जलयात्रा ठप्प जस्तै बेनेको उहाँले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण घटदैै गएको र अधिकांश मुलुकमा खोपसमेत विस्तार भइसकेकाले यस वर्ष जलयात्राका लागि आउने पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिए पनि कुनैपनि देशका पर्यटक नआएको सञ्चालक पुनले बताउनुभयो ।

सलोन ¥याफ्टिङ एण्ड ट्रेकिङ एक्सपिडेसन कम्पनी काठमाडौँका प्रबन्ध निर्देशक देव रेग्मीले विदेशबाट जम्मा पाँच।सात प्रतिशत मात्र पर्यटक भित्रिएकाले ¥याफ्टिङ व्यवसाय चौपट बनेको गुनासो गर्नुभयो । पछिल्लो समय भित्रिएका पर्यटकमध्ये अधिकांश टे«किङमा रहेका र उनीहरु काठमाडाँ फर्किसकेपछि ¥याफ्िटङको एउटा प्याकेज बनाउने तयारीमा रहेको उहाँले बताउनुभयो ।

विगत दुई वर्षअघि लामोसमयसम्म वर्षा भएकाले एक÷दुई साताका लागि मात्र जलयात्राका प्याकेज सञ्चालन भएका थिए, अहिले कोरोनाले ठप्प जस्तै बनेको निर्देशक रेग्मीको भनाइ थियो । पर्यटकको सङ्ख्या वृद्धि नभएसम्म कोरोना अघिको समयजस्तो जलयात्रामा पर्यटकको आकर्षण बढाउन मुस्किल हुने पनि उहाँले जानकारी दिनुभयो ।

छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएका थिए । एकै याममा कम्तीमा पनि दुईदेखि तीन हजार पर्यटकले जलयात्रा गर्दै आएका थिए तर कोरोनाले अग्रिम बुकिङ गर्ने, ¥याफ्टिङ र ट्रेकिङ दुवैमा जाने पर्यटक शून्य जस्तै भएका छन् । निर्देशक रेग्मीले भन्नुभयो, “कालीगण्डकी नदीमा १० भन्दा धेरै कम्पनीले ¥याफटिङ सञ्चालन गर्दै आएका थिए ।”

पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित नयाँ पुल तथा मालढुङ्गादेखि सुरु हुने ¥याफ्टिङ स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङगिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रुपमा रहेको छ ।

कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्टे«लिया, युरोपियनमूलुक र अमेरिकी पर्यटकको रोजाइँमा पनि कालीगण्डकी नदी पर्दै आएको छ ।

नयाँ पुल–मोदीवेणी खण्डमा पहिलो दिनको यात्रा बनाएर जाने साथै दोस्रो दिनमा पर्वतकै विहादी गाउँपालिकास्थित बर्राचौरको पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जाने गरी पर्यटकले यात्रा तय गर्ने गर्दछन् ।

यात्राका क्रममा बस्ने ठाउँमा भौतिक संरचनाको विकास गर्न र कुस्मा नगरपालिकाको आर्मादी नजिकै खोलाको बिचमा रहेका ठूला ढुङ्गा नहटाउदा समस्या आउने गरेको पथप्रदर्शक नवीन केसीले बताउनुभयो । जलयात्रामा विदेशी र स्वदेशी पर्यटकका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ ।

स्रोत : (रासस)