माघ ७ : कोविड महामारी बढेसंगै आगामी दिन के हुन्छ भनेर अन्नुत्तरित बनेर विधार्थी बसिरहेको समयमा राष्ट्रिय परीक्षा बोर्डले भने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी बैशाखमा गर्ने गरी तयारी शुरु गरेको बढाएको छ ।
बोर्डले बैशाखमा एसईई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सकेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो।
बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसईई बैशाखमा र कक्षा १२ को परीक्षा जेठमा सञ्चालन गर्ने बोर्डले निर्णय गर्दै तयारी शुरु गरेकाले परीक्षाको तयारीमा रहन विद्यार्थीलाई आग्रह गरे।
विद्यार्थीको पढाइ पुर्याउन चैतसम्म कक्षा सञ्चालन गर्ने र बैशाखमा परीक्षा गर्ने तयारी गरिएको हो। परीक्षा तालिका भने बोर्डले केही दिनपछि सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
विद्यार्थीभने सरकारको तयारी प्रति असन्तुष्ट देखिएका छन , एकातरि स्कुल बन्द हुुनु र अर्कातिर सरकारले परिक्षा मिति तय गर्नुले विधार्थीमा चिन्ता थप गरेको छ ।