मुस्ताङमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको जिल्ला तदर्थ समिति गठन

केपि कुमार जलन

मुस्ताङ, असार १३ — राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा मुस्ताङको थासाङ गाउँपालिका–४, घासामा सम्पन्न कलाकार भेलाले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, मुस्ताङ जिल्ला तदर्थ समिति गठन गरेको छ।

भेलाले उदय नेपालीको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरेको हो। समितिको सहसंयोजकमा जीवन गोतामे, सदस्य सचिवमा सविता छिनाल र आर्थिक संयोजकमा ङुटुक गुरुङ चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा गोविन्द नेपाली, विरेन्द्र परियार, धनबहादुर थापा, सुमित्रा पाइजा, लक्ष्मी खनाल विक, बिनोद परियार र रिना छन्त्याल रहेका छन्।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। मुस्ताङमा प्रतिष्ठानको शाखा गठनसँगै जिल्लामा लोक तथा दोहोरी गीत–संगीतको संरक्षण, प्रवर्द्धन, कलाकारहरूको हकहित र सांस्कृतिक गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।