राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

माघ १६ : राष्ट्रियसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगति भएको छ ।

यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

संघीय संसदका महासचिव डा भरतराज गौतमले आइबार (आज) जारी गरेको सूचनामा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३०० बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बताएका छन् ।

यसअघि प्रतिनिधिसभा बैठक पनि माघ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो । एमालेले निरन्तर अवरोध गर्दै आएपनि संघीय संसदको बैठक पनि प्रभावित हुँदै आएको छ ।

यही बीचमा कोरोना महामारी समेत फैलिएको अवस्थामा बैठक बस्न बस्न थप कठिनाइ भइरहेको छ ।