बैतडीमा टिपर दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते

फागुन ९:

बैतडीमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । पाटन नगरपालिका-३ को झालीमालीमा सोमबार दिउँसो टिपर दुर्घटनामा परेको हो ।

गरूडाबाट धुरातर्फ गइरहेको बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा पाटन-३ का ४५ वर्षीय जनकराज पन्त, सोही ठाउँका १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थीको मृत्यु भएको हो ।

दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । उनका अनुसार घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

टिपर सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । घटनाबारे विस्तृत विवरण आइसकेको छैन ।