अवैध कल बाइपासमा संलग्न ३६ जना चिनियाँ नागरिक बानेश्वरबाट पक्राउ

फागुन १० : महानगरीय प्रहरी परिसर काठमाडौँले काठमाडौँस्थित पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीका अनुसार उनीहरुलाई अवैध कल बाइपासमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो ।

उनीहरुमाथि थप आवश्यक अनुसन्धान भइरहेको एसएसपी गिरीको भनाइ छ।

पक्राउ परेका चिनियाँ नागरिकहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको एसएसपी गिरीले बताए।

उनीहरु कहिले देखि अवैध कल बाइपासमा संलग्न थिए र समुह ३६ जना वा त्यो भन्दा थप संख्या छ त्यो बारेमा प्रस्ट अनुसन्धान हुने प्रहरीको भनाई छ ।