नेपालले पीएनजीलाई दियो १८४ रनको लक्ष्य

चैत्र १४ः त्रिदेशीय टी-२० शृङखलाको पहिलो खेलमा नेपालले पीएनजी लाई १८४ रनको लक्ष्य दिएको छ ।

टियू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली नेपालले ९ विकेट गुमाएर १८३ रन बनाएको हो।

नेपालका लागि कुशल भुर्तेलले २० रन, आसिफ शेखले ४३ रन,आरिफ शेखले ३१, रोहित पौडेलले ३४, दीपेन्द्र सिंह ऐरीले ४, कुशल मल्लले ११ र लोकेश बमले ५, करण केसीले १४ रन जाडे ।

पीएनजीका लागि अलेइ नाओ र चाड सपर र चार्ल्स अमिनीले २-२ तथा नर्मन भानुअ र रिले हेकुरेल १-१ विकेट लिए ।