जनताले छनोट गरेका हुन जनताकै हितमा काम गर्छु वडा अध्यक्ष: नारायण सुनार

असार १८:  माओबादी केन्द्रमा संगठन को जिम्मेबारीका हिसाबले १२ वर्षलामो काम गरेका नारायण सुनार  एक वर्षको पुर्ण परिक्षण कार्यकाल पश्चात् साविकका खुंखानी ,तमान ,खुंगा र बोङ्गादोभान गाविसको वाइसीएल संयोजक को जिम्मेवारी समाल्दै आएका थिए , वाईसीयलको जिम्मेवारी पछाडि पार्टी संगठनमा निरन्तर वडा कमिटी गाउँ कमिटी को सदस्य हुदै पालीका स्तरिय कार्यालय सदस्यको रुपमा समेत काम गरेका छन् नारायण सुनार । पार्टीको सम्मेलनपश्चात् सचिव पदको जिम्मेबारी सम्हाल्दै आएका उनी गत वर्ष मंसिरमा सम्पन्न भएको पार्टीको सम्मेलनमा पार्टी अध्यक्षमा समेत आफ्नो टिकत दावेदारी थिए  सुनार हाल दोश्रो स्थानिय निर्वाचनमा तमानखोला गाउँपालीका वडा नं.२ बाट नवनिर्वाचित अध्यक्ष हुन । माओवादी केन्द्रबाट १३०५ भोट मध्येमा ५७७ भोट प्राप्त गर्दैे अध्यक्ष पदमा विजयी बनेका नारायण सुनार माओवादी केन्द्रको जिल्ला समन्वय समिति सदस्य हुन, लामो समयदेखि राजनितिमा क्रियाशील रहेका नारायण संग जनप्रतिनिधि भएपछि जनताप्रति उनको दृष्टिकोेण कस्तो छ ? भावी योजना र वडा नं.२ का नागरिकका लागि उनी के भन्छन् प्रस्तुत छ समचार संयोजक जसिन्द्र श्रीपाली संग गरिएको कुराकानी ।

जनता हुनु र जनप्रतिनिधि हुनु कति अन्तरको कुरा रहेछ केहीँ नया अनुभव संगाल्नुभयो ?

(सुनार एकैछिन चुप्प बस्छन र मुस्कुराउदै भन्छन्)  निकै फरक निकै भिन्न ,प्रतिनिधि हुनु भनेको जिम्मेवार बन्नु रहेछ, थप संवेदनशील हुनुरहेछ, आफ्नो कर्तव्य र जिम्मेवारी वोध गर्न सक्नुरहेछ समग्रमा मैले सोचे भन्दा कल्पना गरे भन्दा र आफुले बुझेको भन्दा अझै ओजन्दार भएको मैले महसुुस गरेको छु , हामी यहीँको उदाहरण हेर्न सक्छौ हिजो म अरुको अन्तर्वाता पढ्ने गर्थे, सुन्ने र हेर्ने गर्थे आज आफै दिनुपरेको छ यो म बोलेको भन्दापनि मेरो पदीय जिम्मेवारी बोलेको हो र जनताको प्रश्न हो भन्ने मैले महशुस गरेको छु ।

एउटा निश्चित पार्टीको प्रतिनिधित्वो गर्दै चुनावमा हुमिएको तपाई आगामी दिनमा पार्टी र जनताको कामको व्यवस्थापन कसरि मिलाउनु हुन्छ ?

यहाँले भनेजस्तै म हिजो नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्वो गर्दै चुनाव लडेको भएपनि शपथ ग्रहण पश्चात अब माओवादी केन्द्रको प्रतिनिधी हाईन आफु समग्र २ नं. बासिन्दाको सेवक हु भन्ने मैले भुलेको छैन र भुल्ने छैन पनि । पार्टीसंग सल्लाह गर्ने नयाँ विचार लिने वा अन्य आन्तरिक विषयमा छलफल हुने भिन्नै विषय रह्यो म मन्त्री बनेको हैन पार्टीले सिफारिस गरेर पठाए जस्तो पार्टीकै निर्देशनमा चल्नुपर्ने मलाई थाहा छ कि म जनताले चुनेर पठाएको प्रतिनिधि हु मैले जनताकै पक्षमा काम गर्नुपर्छ , मैले त यतिसम्म सोच बनाएको छु कि जनता र सरोकारवाला पक्षबाट मात्रै हैन कि मेरै प्रत्यासीका रुपमा रहेका उमेद्धवारसंग पनि मैले सल्लाह लिने छु , उहाँहरुको वडाप्रतिको योजना र कार्यदिशा राम्रो लागेको खण्डमा त्यो पनि प्रयोगमा ल्याएर काम गर्नेछु । मैले भुल्नुहुन्नकी मेरो जीतको श्रय ब्यक्तिगत नभएर मेरो दलको योगदानबाट भएको हो यसमानेमा दलप्रति मेरो सम्मान र कर्तव्य त छदैछ तर म जनताको समस्या र आफ्नो पदीय जिम्मेवारीप्रति आफु संवेदनशील छु ।

हुन त जिम्मेवारीका हिसावले नयाँ नयाँ हुनुहुन्छ र पनि नयाँ हुनु भनेको योजना विहिन हुनुचाहीँ होईन यहाँ त पार्टीमा समेत लामो समय काम गर्दै आउनुभएको हो वडाप्रति यहाँको सपना के हो ?

जरुर म सामान्यतया यहाँकै शब्द सापटी लिएर भन्ने हो भने वडाको लागि नयाँ हु मेरो प्रत्येक दिन हुने कार्यसम्पादन मेरो लागी नयाँ ज्ञानको रुपमा थपिएको छ , र अर्को कुरा यहाँले भनेझै म योजना र सपना विहिन भने होईन , कतिपय कुरा सोचेजस्तो पनि हुदैन रहेछ देखेजति सबै सपना साकार हुन्छ भन्ने होईन किनकी पदीय जिम्मेवारीको हिसावले आफ्नै निति नियम छन हामीले त्यहीँ निति नियमलाई टेकेर काम गर्ने हो हामीले पाउने ३७,३८ वटा अधिकार  भित्र कुनै कुनै हामीले देखेको सपना पर्दैनन् र पनि प्रयासहरु निरन्तर राख्नुपर्ने हुन्छ , यहाँले उठाएको अर्को प्रश्नको कुरा गर्ने हो भने हाम्रो वडा भौगोलीक क्षेत्रको हिसावले निकै फैलिएको छ, एउँटा सोहीँ वडाको एउटा गाँउबाट अर्को गाँउमा आउनेजान लाई घण्टौको यात्रा गर्नुपर्ने हाम्रो भौगोलीक दूरदशा छ यसकारण समान विकास गर्न निकै समस्या रहेको अवस्था जरुर हो यद्यपि यहीँ चुनौतिका विचमा पनि मैले देखेको सपना र मेरो प्राथमिकतामा रहेका विशेष काम मध्ये पहिलो शिक्षा र कृषि हो ।

शिक्षाको अभावका कारण वर्षेनी ७, ८ कक्षा पढेर खाडि जाने युवाशक्ति बढ्दो क्रममा छ, यो क्रम निरन्तर बढ्नाले देशमा रेमिट्यान्स त भित्रिएला तर देश नै खोक्रो बनाएर भित्रिएको रेमिट्यान्सको के अर्थ कम्तिमा पनि एसईई सम्म प्रत्येकले गर्नैपर्ने गरि काम गर्छु बरु निति नै बनाउनु परेछ भने पालीका र न्यायीक समितिसंग छलफल गर्न तयार छु , एसईइ नगरेसम्म नागरिकता सिफारिस नगर्ने सम्मको वातावरण निर्माण गर्न सकियो भने मात्रैपनि पठन संस्कृतिमा आएको विकृति अन्त्य हुने म देख्छु, शिक्षित हुनु भनेको चेतनशील हुनुपनि हो त्यसकारण हाम्रो पालीको योजना अन्तर्गतका विषय पनि हो पहिलो प्राथमिकता हाम्रो शिक्षामा जोड दिने हो भने दोस्रो काम भनेको कृषिमा आकर्षणता बढाउने हो ।

समाजवादको कल्पना बोकेर हिडेको हामी समाजवाद ल्याउन समाजका प्रत्येक नागरिक उत्पादसंग जोडिन आवश्यक छ, हामी चाडै १ जनाले प्रवासबाट कमाएर पठाउने घरमा बाकी ४,५जनाको सदस्य रहेको परिवारले सोही मासिक रकम कुरेर बस्ने सामाजीक व्यवस्थाको अन्त्य चाहान्छौ, यसका लागी सबैले कृषि उत्पादन वा अन्य केही न केही उत्पादनसंग जोडिन आवश्यक छ, मेरै वडाको कुरा गर्ने हो भने जुनसुकै बालीवोट हुर्काउन सक्ने भौगोलीक भू–बनावट र माटो हावापानी छ , हामीले सबै नागरिकलाई उत्पादन संग जोड्नका लागी अभ्यास गर्यौ भने मात्रै पनि २ देखि ३ वर्षमा हाम्रो सिंगो पालीका नै समृद्ध बनाउन सकिन्छ भन्ने मेरो सोच हो । त्यसका लागी हामी चाडै योजना निर्माण गर्नेछौ, स्थानीय र विज्ञहरुसंग परामर्श गर्ने बारे सोचिरहेका छौ ।

भौगोलीक विकटको विषय त छदैछ त्यसभित्रै सम्भावना पनि होलान नि हैन र ?

अवश्य पनि समस्या संगै समधान पनि हुन्छ भनेजस्तै मेरो वडा भित्रपर्ने बस्तिहरु भनेको सिल्गुम, खोलेसवाङ, भयरबोङ्गा र बोगाँखानी हो यी प्रत्येक गाँउमा केही न केही राम्रो सम्भावनाका श्रोत साधन छन , कुनै बस्तिमा राम्रो टिमूर उत्पादन हुन्छ कुनैमा राम्रो सिमी भट्ट र जौ मकै भने कुनै ठाँउमा उस्तै राम्रो पर्यटकीय क्षेत्रहरु छन जसको ब्यवस्थापन र प्रचारप्रसार अभावमा हामीले मासिक, वार्षिक रुपमा लाखौ लाख आम्दानी गर्नबाट बन्चित बनेका छौ यी र यस्ता सवालमा वडाको मात्रै ध्यान पुगेर समधान हुदैन यसमा समग्र पालीकाकै ध्याणाकर्षण हुन आवश्यक छ हामी यस विषयमा समेत पालीकासंग नियमित छलफलमा लागिपरेका छौ ।

राजनितिसंगै यहाँ सामाजीक मुद्धामा समेत क्रियाशील हुनुहुन्थ्यो हिजो विभेदको विषयमा प्रतिकार गर्ने तपाई आज स्वयम् त्यो ब्यवस्था निर्माणको एउटा अगंको रुपमा हुनुहुन्छ समाजमा हुनेगरेका विभेदको विषयलाई कसरि लिनुहुन्छ ?

मैले यो प्रश्नको सामना गर्नुपर्छ भनेर सुरुदेखि नै लागेको थियो, यस विषयमा मेरो संस्थागत धारणा के हो भने हिजो मैले ब्यक्तिमात्रै हुदाँ वा एउटा पार्टीको कार्यकता हुदा गर्दै आएको प्रतिकार र संस्थागत बनिसकेपछिको अधिकारमा केही अन्तरहरु जरुर छन् तथापी प्रतिकार गर्नै हुन्न वा गर्दिन भनेर भाग्न खोजेको भने होईन । पहिलो कुरा त मलाई लाग्छ हामीले स्थानीय सरकारको महत्व र आभाष गराउन अझै बाकीँ छ , हरेक कुरामा परिवर्तन ल्याउन शिक्षामा बिकास गर्न आवश्यक रहेको मैले बुझेको छु , यसकारण शिक्षामा जोड गर्नु पनि बिकृति र विभेद बिरुद्ध रचनात्मक ढगंले प्रतिकार गर्नु हो भन्ने लाग्छ ।

समाजमा यहाँले भनेजस्तै एउटा मात्रै विभेद छैन र भएका विभेद मध्यमा महिला माथीको विभेद र जातीय विभेद अली बढि देखिरहेको वा भोगीरहेको विषय भने हो म स्वयम् उत्पिडनमा परेको समुदायबाट नेतृत्व गरेको हुदाँ त्यो पीडा कति हुन्छ मैले महशुस गरेको छु यसो भन्दै गर्दा मैले यति भन्नलाई असहज मान्नुचाहीँ हुदैन की तमानखोलाका दलित पार्टीको हिसावले जहाँ जुन पार्टीमा रहेपनि हालसम्म प्रयोग मात्रै भएको चाहीँ स्विकार्नुपर्छ किनकी सबैभन्दा बढि प्रतिशत दलितको बस्तिरहेको तमानखोलामा कुनैपनि नेतृत्वदायी भुमिकामा दलित आउन नसक्नुभनेको दलित केवल भ¥याङ मात्रै हुनु हो भन्ने प्रमाणित गरेको छ, अर्को कुरा विभेद अन्त्य गर्ने सवाल जो छ यसमा दलितले मात्रै बुझेर पुग्दैन यसमा अन्य ग्रैर दलितले समेत बुझिदिन आवश्यक छ, जबसम्म सबैको सोचमा समान्ता आउदैन तवसम्म कुनैपनि परिवर्तन गर्न मुस्किल हुने देखिन्छ त्यसकारण यस्ता सवालमा सबैको समान भूमिका हुन आवश्यक छ । जस्तो कि महिला माथीको विभेद र दमनशोषण अन्त्य हुनका लागिपनी हामी पुरुषले त्यो हिसां भएको महशुस गर्न आवश्यक छ ।