ग्यास नपाए टेकुमा रहेको कार्यालयमा आउन निगमको आग्रह

काठमाडौँ उपत्यकामा खाना पकाउने (एलपी) ग्यासको उच्च मागलाई मध्यनजर गर्दै नेपाल आयल निगमले आज (शनिबार) बाट टेकुमा रहेको आफ्नै कार्यालयबाट बिक्रीको व्यवस्था मिलाएको छ।

निगमले सम्बन्धित उद्योगमार्फत नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासलगायत सिलिन्डरहरू बिक्री-वितरण गरिरहेको जनाएको छ।

ग्यास नपाएको अवस्थामा टेकुमा रहेको कार्यालयमा आउन वा हटलाइन नम्बरमार्फत सम्पर्क गर्न पनि उपभोक्तालाई निगमले आग्रह गरेको छ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले ग्यास बिहान ११ देखि साँझ ५ बजेसम्म पाइने जानकारी दिएका छन।