लिग २ मा आज नेपालसंग नामिबिया भिड्दै

असार २७ः आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत आज नेपाल र नामिबियाको खेल हुँदै छ।

लिग- २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखला आज दोस्रो खेल हुन लागेको हो। स्कटल्यान्डमा हुने श्रृंखलाको दोस्रोे खेलमा नेपाल र नामिबिया प्रतिस्पर्धा गर्न लागेका हुन्।

नेपाल र नामिबियाको खेल आज दिउसो ३ः१५ बजे शुरु हुनेछ। लिग-२ मा नेपाल र नामिबियाबीच एक अंकको मात्र अन्तर रहेको छ।

नेपालले १६ खेलबाट १५ अंक बटुलेको छ भने नामिबियाले १५ खेलबाट १४ अंक जोडेको छ । आइतबार भएको पहिलो खेलमा स्कटल्यान्डले नामिबियालाई ७७ रनले पराजित गरेको थियो।