साउन २७ : सत्तारुढ नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले सरकारले संसदमा पेश गरेको ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९’ प्रति असन्तुष्टि जनाएकी छन्।

सांसद संग्रौलाले सो विधेयक बलात्कारजस्ता जघन्य अपराधको घटना नियन्त्रण गर्न पर्याप्त नभएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् । सांसद संगौलाले बलात्कारका घटना ५० प्रतिशत मात्र प्रहरीकोमा पुग्ने र ५० प्रतिशत सहेरै बस्ने स्थिति रहेको बताइन् ।
कानुन सुधार गरी त्यस्ता घटना अनुसन्धानको दायरामा आउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । नेपाली समाजमा महिलामाथी हुने यौनजन्य घटना आधुनिक शैलीमा झन बढेको दाबि गर्दै कानुनी सुधारमा ध्यानाकर्षण हुन आवश्यक रहेको बताएका छन् ।


















