पानीको बहाव बढेपछि महाकाली पुलमा आवतजावत बन्द

साउन ५ः तीन दिन देखि निरन्तर परेको पानीको बहाव बढेसंगै महाकाली नदीमा सवारी आवागमन बन्द गरिएको छ ।अविरल वर्षाका कारण नदीमा पानीको बहाव एक लाख ३९ हजार ६ सय क्युसेक मापन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार महाकाली नदीमा पानीको बहाव बढेपछि पश्चिमी सीमानाका गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङ्ग्रे गाडी आवतजावत बन्द गरिएको छ।

पानीको बहाव बढेपछि पुलबाट गाडीले आवातजावत गर्दा जोखिम हुन सक्ने भन्दै उक्त बन्द गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ,अहिले पनि निरन्तर वर्षा भइरहेकाले पानीको बहाव लगातार बढिरहेको छ।