काठमाडौंबाट मुम्बई उड्नुपर्ने जहाजमा आतंकवादी रहेको सूचना

साउन १८ः काठमाडौंबाट  बुधबार १:१० मा मुम्बई मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भइरहेको छ ।

कैलाली

प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अहिले अनुसन्धान गरिरहेको जानकारि दिएको छ।

जहाजमा १४१ जना यात्रु छन् । अहिले सबै यात्रुलाई ओरालेर प्रहरीले जाँच गरिरहेको छ । जहाज खाली गरेर प्रत्येक यात्रुको डिटेलबारे खोजतलास गरिहरेको अनुसन्धान ब्युरोले जनाएको छ ।

आतंकवादी रहेको सूचना फैलिएसंगै एअरपोर्टमा खैलाबैला मच्चिएको हो । चेकजाच पश्चात जहाज तत्काल उडाउने नउडाउनेबारे अहिले भन्न सक्ने अवस्था नरहेको बताएका छन ।