सरकारको विरोध गर्दा गोली हान्ने धम्की अाएकाे छ

 

 

३० असार, काठमाडौं ।

आज बसेको प्रतिनिधिसभाकाे बैठकमा सभामुख डीपी अर्यालले उपलब्ध गराएको समयमा बोल्ने क्रममा उनले आफूलाई मार्ने धम्की आउने गरेको गुनासो गरेका हुन् ।

आफूहरू सदनमा जनताका कुरा राख्न जनताबाटै अभिमत लिएर आएको भन्दै निरपेक्ष रुपमा सरकारको विरोध नगरिएको सांसद महरको भनाइ थियो ।

‘सरकारको अगाडी  हामीले गुण र दोषको आधारमा समर्थन र विरोध गर्छौं । ‘बिडम्बना, सदनमा बोलिरहँदा सरकारको कहिलेकाँही विरोध गरेको केही मान्छेहरूलाई आभाष हुँदो रहेछ । मलाई निरन्तर धम्की आइराखेको छ ।

प्रमुख सचेतक महरले संसद् चलिरहेकै बेला पनि आफूलाई सामाजिक सञ्जाल फेबसुकमा गोली हानेर मारिदिने धम्की आएको बताएका छन् ।