प्रधानमन्त्री र गभर्नरबीच अर्थतन्त्र र सेयर बजारबारे छलफल

काठमाडौं, ३२ असार। प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब एक घण्टा भेटवार्ता भएको छ। भेटमा मुलुकको अर्थतन्त्र, बैंकिङ क्षेत्र, सेयर बजार तथा आगामी मौद्रिक नीतिका विषयमा छलफल भएको हो।

प्रधानमन्त्री शाहले आर्थिक गतिविधि बढाउन, लगानीकर्ताको आत्मविश्वास कायम गर्न तथा सेयर बजारलाई थप स्थिर बनाउन मौद्रिक नीतिमा आवश्यक लचकता अपनाउन सुझाव दिएका छन्। उनले उद्योग–व्यवसायमा लगानी गर्ने वातावरण सहज बनाउन बैंकको ब्याजदर र कर्जाका सर्तहरू उद्यममैत्री हुनुपर्ने धारणा राखेका छन्।

त्यसैगरी, महिला उद्यमी तथा आर्थिक रूपमा पछाडि परेका वर्गलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएर आर्थिक मूलधारमा ल्याउनुपर्नेमा पनि प्रधानमन्त्रीले जोड दिएका छन्।

गभर्नर डा. विश्वनाथ पौडेलले आगामी मौद्रिक नीति व्यावसायिक, समयसापेक्ष र लचिलो हुने बताउँदै राष्ट्र बैंकले लगानीकर्ता, व्यवसायी तथा बैंकिङ क्षेत्रलाई सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।