जसपाले पनि टुंग्यायो समानुपातिक सांसदको नाम (सूचीसहित)

काठमाडौँ। जनता समाजवादी पार्टीले पाएको ५ सीटमा खस आर्य र आदिवासी जनजातिबाट अधिकतम २–२ जना र न्यूनतम १–१ जनाको नाम पठाउनुपर्नेछ । थारु, दलित र मधेसीबाट भने अधिकतम १ जना र न्यूनतम एक जना पनि नपठाउन सक्नेछ । पिछडिएको क्षेत्रबाट एक जना पनि नपठाउँदा कुनै फरक पर्नेछैन ।

जसपाबाट ५ जना उम्मेदवार (४ जना महिला)

खस आर्य १ जना

प्रकाश अधिकारी

आदिवासी जनजाति १ जना

सुशिला श्रेष्ठ

दलित १ जना

सावित्रा विक

मधेशी १ जना

रञ्जुकुमारी झा

मुस्लिम १ जना

शहनाज रममान