काठमाडौं, असार १५ । जनवादी गणतन्त्र चीनको पाँचदिने भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज सिचुवान प्रान्तस्थित एयरलाइन्सको अवलोकन गरेका छन् ।
नेपाली प्रतिनिधिमण्डलसहित एयरलाइन्स पुगेका श्रेष्ठले एयरलाइन्सको अपरेसन सेन्टरको अवलोकन गरेका हुन् ।
त्यसअघि उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान एयरलाइन्स गु्रपका अध्यक्ष चुईबीच छेन्दुस्थित कार्यालयमा भेटवार्ता भएको थियो ।
छेन्दुमा आयोजित ’पश्चिमी चीन अन्तराष्ट्रिय मेला’मा विशेष अतिथिको रूपमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ गत मंगलबार चीन गएका हुन् ।
त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानन्त्रीबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भेटघाटमा दुई देशबीचको व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ जस्ता विषयमा सकारात्मक छलफल भएको थियो ।
निर्धारित भेटघाट र अवलोकन सकेर उपप्रधानमन्त्री श्रेष्ठ आइतबार बिहान स्वदेश आइपुग्ने छन् ।

















