धनाड्यलाई मात्रै होइन् गरीब जनतालाई पनि ऋण दिनु पर्छ : सांसद सिंह

काठमाडौं, असार १७ । सांसद अमरेशकुमार सिंहले गरीब जनतालाई पनि ऋण उपलब्ध गराइनु पर्ने बताएका छन् ।

आईतवार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा बोल्दै उनले किसान दलित लगायतलाई पनि ऋण उपलब्ध गराउन माग गरे । उनले भने ‘जति पनि बैंक छन्, ती बैंकहरू ठूला व्यापारीहरूका लागि मात्रै छन् । नेताज्यूको घरघरमा ठूला व्यापारी आउँछन् ।

गरीब किसान, दलित, चेपाङ कहाँ त आउँदैनन् । जगदम्बा ग्रुपले कति ऋण लिएको छ, चौधरी ग्रुपले कति ऋण लिएको छ, ज्योति ग्रुपले कति ऋण लिएको छ ? ठूलाले अर्बौंमा ऋण लिने, त्यो गाउँको गरीबलाई एक लाख ऋण दिन्छ ? बिना धितो ऋण दिन्छ ? दिँदैन नि !’

व्यापारीहरूले अर्बौंको ऋण पाए पनि गरिबले एक लाख पनि नपाएकै कारण उनीहरू मिटरब्याजमा ऋण लिन बाध्य हुने गरेको उनको भनाइ थियो । यसका लागि बैंकले गाउँ–गाउँमा ऋण दिने व्यवस्था गराउनुपर्ने उनको भनाई छ ।