राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ।
बैठक सिंहदरबारस्थित संघीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको सभाहलमा जारी छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, रास्वपाका महामन्त्री तथा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य र सांसद दीपक बोहोरा सहभागी छन्।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक राष्ट्रिय मुद्दाबारे छलफल हुने जनाइएको छ।
त्यसैगरी, प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे, सांसद साहजना खातुन, एमाले संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महर, नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद वर्षमान पुन, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक खुश्बु ओली तथा जसपा नेपालका राष्ट्रियसभा सदस्य महमुद खालिल पनि बैठकमा सहभागी भएका छन्।


















