केपि कुमार जलन
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अमेरिका शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ। तदर्थ समितिका संयोजक उदय भट्टराईको अध्यक्षता तथा प्रतिष्ठान नेपालका सचिवालय सदस्य सुरेन्द्र गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उदय भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
अधिवेशनमा प्रतिष्ठानका संस्थापक केन्द्रीय सदस्य तथा पूर्व कोषाध्यक्ष सृजना बिरही थापा, पूर्व केन्द्रीय सदस्यहरू भगवान भण्डारी, राजन ठकुरी र याम क्षेत्री, मानार्थ सदस्य वीरेन्द्र जंग केसी र सुष्मिता विश्व, प्रतिष्ठान यूके शाखाका अध्यक्ष मनसुधन थापा मगर, बाना ट्रष्टी अध्यक्ष प्रभु थापा, बानाका उपाध्यक्ष जनक थापा, इनास बाल्टिमोरका उपाध्यक्ष लक्ष्मण पौडेल, अमेरिकन कलाकार संघकी अध्यक्ष बसन्ती राई, स्याङ्जा समाज अमेरिका की पूर्व अध्यक्ष तथा गायिका बिमला हमाल श्रेष्ठ र यूजीएसए आमा समितिकी अध्यक्ष गोमा गुरुङ लगायतको विशेष उपस्थिति रहेको थियो।
नवगठित कार्यसमितिमा निशा सुनार प्रथम उपाध्यक्ष, सुदीप अधिकारी द्वितीय उपाध्यक्ष, संगीता थापा मगर महिला उपाध्यक्ष, सज्जन बोहोरा सचिव, प्रवेश पौडेल कोषाध्यक्ष, मधुर गिरी सहसचिव र छबिराज सुनार सहकोषाध्यक्ष चयन भएका छन्। त्यस्तै १७ जना सदस्यसहित २४ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
अधिवेशन सफल बनाउन निर्वाचन समितिका संयोजक तथा सदस्यका रूपमा सहयोग पुर्याउने बिमल डाँगी र युवा व्यवसायी सुदर्शन पौडेलप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै नेपाली लोक तथा दोहोरी गीतको संरक्षण, प्रवर्द्धन र अमेरिका रहेका नेपाली कलाकारबीच एकता तथा सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।


















