केपि कुमार जलन
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तिजलाई लक्षित गर्दै परदेशमा रहेकी चेलीको मन, माइतीघरप्रतिको माया र तिजको सांस्कृतिक महत्वलाई समेटिएको नयाँ तिज गीत सार्वजनिक भएको छ। गीतले जन्मघरको आँगन, आमाबुवाको माया, दाजुभाइसँग बिताएका अविस्मरणीय क्षण र परदेशमा बस्दा महसुस हुने भावनात्मक पीडालाई सशक्त रूपमा प्रस्तुत गरेको छ।
तिज केवल नाचगान र रमाइलोको पर्व मात्र नभई चेलीबेटीका भावना, संस्कार र पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउने अवसर भएको सन्देश गीतमार्फत दिइएको छ। विशेषगरी विदेशमा रहेका नेपाली चेलीहरूका लागि यो गीतले आफ्नै जीवनको कथा बोलेझैँ अनुभूति गराउने अपेक्षा गरिएको छ।
गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थालेका छन्। तिजको मौलिकता, नेपाली संस्कृति र माइतीघरको आत्मीयतालाई उजागर गर्ने यस गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास निर्माण भएको छ।


















