उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान कार्यान्वयनमा रोक लाउन सर्वोच्चको आदेश

चैत्र ८ः स्थानीय तह निर्वाचनमा दोहो¥याएर उम्मेदवार हुन राजीनामा दिनुपर्ने भन्दै निर्वाचन आयोगद्वारा जारी आचारसंहिता तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आज अन्तरिम आदेश दिएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को लागि चैत ३ गते सार्वजनिक गरेको आचारसंहिता माथी रिट निवेदन दायर भए संगै विषय विवादमा तानिएको थियो । आचारसंहिता विवादमा सर्वोच्चले आगामी चैत १३ गते आयोग र रिट निवेदकलाई छलफलमा डाकेको छ । दुबै पक्षको वहश सुनेपछि मंगलवार जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे टुंगो लाग्ने छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आचारसंहितामा रहेको ‘फेरि उम्मेदवार बन्न स्थानीय तहका बहालवाला जनप्रतिनिधिले अगावै राजीनामा दिनुपर्ने’ प्रावधान बदर हुनुपर्ने दाबीसहित गत आइतबार रिट निवेदन दायर गरेका थिए ।

आचारसंहिता विवादमा सर्वोच्चले आगामी चैत १३ गते आयोग र रिट निवेदकलाई छलफलमा डाकेको छ । दुबै पक्षको वहश सुनेपछि मंगलवार जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे टुंगो लाग्ने छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को लागि चैत ३ गते आचारसंहिता सार्वजनिक गरेको थियो ।