जेष्ठ १५ः आज जेठ १५ गते अर्थात राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्ग चित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए ।

यतिधेरै मेहनत र बलिदानबाट आएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था के हाम्रो लागी सुहाउँदो छ त ? २०६२,२०६३ मा लोक गायक बद्रि पंगेनीले एउटा यस्तै गीत गाए अझै नी लोकतन्त्र आको छैन! जनताले चाहे जस्तै भाको छैन है !!
यामु शर्माको शब्द, अन्जना गुरुङ्ग र स्वयम् गायक पंगेनीको आवाज रहेको यस गीतले भन्छ जनताले चाहे जस्तो भएको छैन, नामधारी ब्यवस्था फेरिए पनि जनताको अवस्थामा परिवर्तन भएको छैन २०६३ सालमा जनताको आवाज बोलेका यस गीतका गायक पंगेनीले १६ वर्ष पछाडि आउदा पनि दोहोयाउछन् गणतन्त्रको उपहार वाक स्वतन्त्रता बाहेक केही मिलेन केहि देखिएन ।
पंगेनी भन्छन परिवर्तनको तिब्र चाहाना र खुला मैदान देखेर उतिबेला हौसिदै मैले त्यो गीतमा आवाज भरेको थिए त्यो गीत आफैमा क्रान्ति थियो देशको मुहार फेर्छु भन्दै आएकाहरुले आज आफ्नै मुहार फेरे तर मेरो देशको गति मैले १६ वर्ष अगाडि गायको गीतको भन्दा कत्ति पनि फरक छैन ।
गणतन्त्र एकदमै काचो छ मानौ भर्खर १४,१५ वर्ष पुगेको अल्लारे ठिटो जस्तै, यतिले हामीलाई पुग्दै पुग्दैन यत्रो लामो समय फेरिदै गर्दा गणतन्त्रमा तागत आउनुपथ्र्यो, परिपक्कता आउनुपथ्र्यो तर मैले आज पनि त्यहीँ कहाली लाग्दो दृश्य देख्छु जुन दृश्य ६१, ६२ सालमा देखिन्थे अनी त केही मात्रामा बोल्न पाउनु र धेरथोर लेख्न पाउनुलाई मात्रै मैले कसरि गणतन्त्र मानौ ? के मैले चाहेको वा हाम्रो लागी आवश्यकता र स्वतन्त्रता यति थियो ? गायक पंगेनीले प्रश्न गरेका छन ।
राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा ९माओवादी०का बीच १२ बुँदे समझदारी भयो । पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच समझदारी भएको थियो । विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।
नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानव सागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत हुनुभयो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठक समेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बन्यो ।

यसरि नपाली समाजमा गणतन्त्र त बसायो तर त्यो सुवास दिर्घकलीन बन्न नसकेको गायक पंगेनी बताउछन ।
कुराकानीकै क्रममा गायक पंगेनी थप्छन राजनितिक बाटो बाङगो हुने रहेछ, यहीँ बाङ्गो रेखाले जनताको भावना र सपनामाथी खेलवाद गर्दै गएको छ । महिला मजदुर दलित सर्बाहारा जनताको सपना माथी राजनितिक दलले हाली मुहाली गरे तर नेपाली समाजमा छुवाछुत , कमैयाप्रथा, हलिया प्रथा सबै उस्तै र दुरुस्तै छ हामीले यसलाई जोगाउन हैन मिल्काउनलाई सांस्कृतिक क्रान्ति गरेका हौ ।
लामो दुरिको यात्रामा मैलै हेर्ने गर्छु त्रिशुलीको किनारमा बालुवा चाल्नेहरु अझै घटेका छैनन, बच्चा काखमा च्यापेर खोलाको किनारामा बालुवा चाल्दै गरेको दृश्य देख्दै गर्दा सोच्छु उबेला गायका तिनै सर्वाहारा जनताको गीत गाउन अझै पुगेको छैन, मैले गर्न सक्ने साँस्कृतिक क्रान्तिमा अझै जोड दिनुपर्छ मेरो सृजनामा यिनै किनारामा दुधे बालक च्यापेर बालुवा चाल्ने काम गर्नेहरुको कथा समेटिएन भने , एक मुठ्ठि चामलमा साहुको कपडा सिउनेहरु भोगाई बोलेन भने दिनभर घन फलाम संग जीन्दगी साटेकाहरुको कथा बोलेन भने म अधुरो हुनेछु , अपुरो हुनेछु ।
पंगेनीले अपील गर्दै भनेका छन १५औ गणतन्त्र दिवस मनाउदै गर्दा नेपाल सरकारले महसुस गरोस, सैनिक मञ्चमा भब्य कार्यक्रम आयोजना गरेर चर्को आवाजले चिच्याउदैमा गणतन्त्रको सार्थकता हुदैन यसको मर्म र भाव बुझ्न नेपाली जनताको अवस्थामा सुधार ल्याउन आवश्यक छ म चाहान्छु फेरि फेरि यस्ता सृजना गाईरहन नपरोस यो अवस्था सधै सधैँका लागि टाढा बनोस् ।


















