इम्बोस्ड नम्बरको नाममा नागरिक तर्साउने काम बन्द गर्न सांसद गगन थापाको चेतावनी

जेष्ठ २३ः नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगनकुमार थापाले एक महिनाभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न भनेर सरकारले गरेको ताकेता नागरिकमाथिको अत्याचार भएको भन्दै तत्काल यसलाई पुनर्विचार गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकको सुरूमै सभामुखसँग समय लिएर बोल्ने क्रममा सांसद थापाले सरकारले गरेको अपारदर्शी निर्णय र निकम्मापनको सजाय नागरिकलाई दिन खोजिए यसको अवज्ञा हुने बताए ।

सांसद थापाले इम्बोस्ड नम्बरको काम गर्ने कम्पनी असफल भइसकेको र निकै महँगोसमेत रहेको भन्दै यसबारेमा गम्भीर हुन सरकारलाई आग्रह गरे । उनले सस्तो, सुविधाजनक ढंगले काम हुनुपर्ने भन्दै नागरिक तर्साउने काम बन्द गर्न चेतावनी समेत दिए ।

बिदेशी कम्पनीलाई ठेक्का दिएर देवनागिरी समेत मेटाउने कार्य गरेको भन्दै सांसद थापाले आक्रोस पोखेका छन , सरकारले महंगो र गुणस्तरहिन इम्बोस्ड नम्बर राख्न भनेर जनतालाई मारमा पारेको उनको भनाई छ ।