सुनको मूल्य वृद्धि कतिमा हुदैछ कारोवार हेर्नुहोस्

काठमाडौं । बुधवार सुनको मूल्य वृद्धि भएको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

साताको चौथो कारोबार दिन छापावाला सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन ९१ हजार ८ सय रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन तेजावी सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

उक्त दिन चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।