काठमाडौं :शनिबार काठमाडौँ को अनाम नगरमा सम्मेलनका संयोजक डा.निर्मल बिस्वकर्मा ले गोलमेच सम्मेलन बारे स्पष्ट रूपमा आफ्नो धारणा राख्नु भएको थियो तेस्तै अर्का संयोजक डा.मित्र परियार ले पनि आफ्नो कुरा राख्नुभएको थियो। सचिवालय सदस्य ज्यूहरू तुलसी रसाइली ,सरोजदिलु बिस्वोकर्मा , सम्मेलनका प्रवक्ता अग्नि शिखा ले सम्मेलनमा बहस हुने, महत्वपूर्ण बुँदाहरू सार्वजनिक गर्नुभएको थियो।बैठकमा सामुदायिक ( डोम समाज, मुसहर समाज, चमार समाज, पासवान समाज, गान्धर्व समाज, बादि समाज, मिजार समाज, परियार समाज, बिस्वकर्मा आदि समाज ) समाज बीचमा राष्ट्रिय दलित गोलमेच सम्मेलन बारे व्यापक छलफल गरिएको छ।सबै संस्था हरू र अध्यक्षहरूलाई गोलमेल सम्मेलनमा सहभागी हुनका साथै आआफ्ना ठाउँबाट आर्थिक,नैतिक,भौतिक सबै किसमको सहयोग,समर्थन को लागि आयोजक टिमले अनुरोध गरेको छ। सम्मेलन जेठको ३०, ३१,१ काठमाडौँको प्रज्ञा प्रतिष्ठान मा हुने भएको बारे सम्मेलनका प्रवक्ताले जानकारी गराउनुभएको छ।