मुगुको छायाँनाथमा लागू औषधविरुद्ध टोल टोलमा सन्देश मुलक अभियान सञ्चालन

काठमाडौं, असार २३ । पछिल्लो समयमा मुगु जिल्ला राष्ट्रिय सडक सञ्जाल जोडिदै गर्दा दुव्र्यवसनका घटनाहरु बढ्दै जान थालेको छ । दुव्र्यसनी पनि बढेपछि छायाँनाथ रारा नगरपालिका भित्रका टोल टोलमा जनप्रतिनिधि र युवाहरु लागुऔषध, धूमपान, मद्यपानविरुद्धको अभियान सञ्चालनमा जुटेका छन् ।

मुगु जिल्लाका युवा युवतीलाई लागुऔषधका बारेमा सचेत गराउने उदेश्यले तालिम, प्रशिक्षण दिने, अभिभावकलाई लागूऔषधको कारोबार र सेवनले हुने धनजनको क्षतिको बारेमा सचेत बनाउने उद्देश्यले लागूऔषध, धूमपान मद्यपानविरुद्धको सचेतना अभियान सञ्चालन गरेको हो ।

छाँयानाथ रारा नगरपालिका भित्र रहेका १ देखि ७ वडासम्म लागू औषध दूव्र्यसनले हुने हानी नोक्सानी बारे सचेतना फैलाइरहेको छाँयानाथ रारा नगरपालिका, जिल्ला प्रशासन कार्यालय मुगु र जिल्ला प्रहरी कार्यालय मुगुको संयुक्त आयोजनामा सचेतनामुलक कार्यक्रम नै गरियो । लागूऔषध दुव्र्यसनीबाट धनजनको क्षति नगर्न र नगराउन आफ्ना मुगाली युवाहरुलाई कुलतमा फस्न नदिन भन्दै सरोकारवालासँग अन्र्तक्रिया गर्दै सुझाव संकलन गरेको छाँयानाथ रारा नगरपालिकाले जनाएको छ ।

प्रहरीको सहायतामा लागूऔषध सम्बन्धि कानूनी प्रावधान,मानव स्वास्थ्मा हुने हानीका बारे सदरमुकाम गमगढी बजारमा रहेका सरोकारवाला युवाहरु,नागरिक समाज ,पत्रकार,अन्य सरोकारवाला निकायलाई भेला गरी अन्र्तक्रिया मार्फत जानकारी दिइएको अभियानमा जुटेका युवा नरेश भामले बताए ।

पछिल्लो समयमा युवाहरु निकै कुलतमा फस्दै गएपछि र समाजमा विकृतिका घटनाहरु बढ्न थालेपछि छायाँनाथ रारा नगरपालिकाको आयोजनामा कुलत, दुव्र्यसन, लागू औषधको प्रयोग गर्दा व्यक्ति र समुदायमा पर्ने असरबारे जानकारी गराउन अन्र्तक्रिया गरिएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भाम बताउछन् ।

अवका दिनहरुमा नगरपालिकामा सुधार केन्द्र निमार्ण गर्ने, ऐन कानून बनाएर कुलतमा फसेकाहरुलाई सुधार गर्ने तयारीमा नगरपालिका रहेको उल्लेख गर्दै कुलतमा लागेको नबिग्रिउन भन्ने हिसावले अभियान सञ्चालन गरिएको पनि प्रमुख भाम बताउछन् ।

लागूऔषध, धूमपान, मद्यपानविरुद्ध,जुवा ताज जस्ता गतिविधिहरुले समाजमा विकृति नै निकै फैलिरहेको छ । समाज तथा घर परिवारमा महिला पुरुषबीच दिन प्रतिदिन झगडा बढ्दो छ । बिभिन्न घटना हुन थालेपछि यस्ता घटनाहरुलाई न्यूनीकरण गर्नका लागि यो लागूऔषध, धूमपान, मद्यपानविरुद्धको अभियान नियमित सञ्चालन गर्ने र सबै भन्दा बढी युवाहरुलाई अभियानमा समेटेर सुधारको बाटोमा ल्याउने प्रयास गरिने प्रमुख जिल्ला अधिकारी मोहोन बहादुर थापाले बताए ।