अभिनेता आमिर खान ६१ बर्ष को उमेरमा प्रेमिका गौरी स्प्रैट सङ बिवाहा बन्धन मा बाधिए

बलिउड अभिनेता आमिर खान र प्रेमिका गौरी स्प्रैट आइतबार मुम्बईको पाली हिलस्थित निवासमा निजी समारोहबीच कानुनी रूपमा विवाह बन्धनमा बाँधिएका छन्।

यो आमिर खानको तेस्रो विवाह हो। यसअघि उनले रीना दत्तासँग सन् १९८६ मा विवाह गरेका थिए, जसबाट दुई सन्तान छन्। सन् २००२ मा उनीहरू अलग भएका थिए।

त्यसपछि उनले सन् २००५ मा किरण रावसँग विवाह गरे, तर सन् २०२१ मा आपसी सहमतिमा सम्बन्ध अन्त्य गरेका थिए। उनीहरूका एक छोरा आजाद छन्। अहिले पनि सँगै अभिभावकको जिम्मेवारी निर्वाह गर्दै आएका छन्।

दुवैले स्पेशल म्यारिज एक्ट अन्तर्गत विवाह दर्ता गर्दै आवश्यक कागजातमा हस्ताक्षर गरेका हुन्।

यो विवाह समारोहमा दुवै परिवारका सदस्य र केही नजिकका साथीहरू मात्र उपस्थित थिए। विवाहपछि अतिथिहरूका लागि विशेष भोजको पनि आयोजना गरिएको थियो।

समारोहमा उद्योगपति मुकेश अम्बानी, निर्देशक आशुतोष गोवारिकर, अभिनेता–हास्यकलाकार वीर दास, अभिनेत्री एली अवराम, साथै आमिरका सन्तान जुनैद खान, इरा खान र छोरा आजाद लगायतका आफन्त तथा निकट व्यक्तिहरू सहभागी थिए।

विवाहका क्रममा आमिरका सात वर्षिय छोरा आजाद अर्थात् गौरीको पहिलो विवाहबाट जन्मिएका छोराले दुवैको औँठीको बक्स समातेका देखिए।

आमिरले सन् २०२५ मा आफ्नो ६०औँ जन्मदिनको अवसरमा गौरीसँगको सम्बन्ध सार्वजनिक गरेका थिए। दुवै एकअर्कालाई करिब २५ वर्षदेखि चिन्दै आएका हुन् र पछिल्लो एक वर्षदेखि सँगै बस्दै आएका थिए।