केपि कुमार जलन
हरितालिका तीज २०८३ लाई लक्षित गर्दै गायिका कुमारी चेपाङको नयाँ तीज गीत ‘रिसैले जाल्यो बरिलै’ सार्वजनिक गरिएको छ। तीज पर्वको उत्साह, पारिवारिक सम्बन्ध र नेपाली समाजका भावनालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको गीतले सार्वजनिक भएलगत्तै दर्शक–श्रोताको ध्यान खिच्न थालेको छ।
गीतमा कुमारी चेपाङको स्वर रहेको छ भने देवबहादुर सुनारको शब्द, कृष्ण परियारको संगीत तथा दोलराज बरघरे मगरको संगीत संयोजन रहेको छ। भिडियोमा रचना न्यौपानेसहितका कलाकारहरूको अभिनयले गीतलाई अझ जीवन्त बनाएको छ।
म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी **स्मृति तिमिल्सिना ‘गुरुआमा’**ले गरेकी हुन्। राजेश घिमिरेको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको भिडियो गुरुआमा फिल्म्सको प्रस्तुति हो।
तीज नजिकिँदै गर्दा सार्वजनिक भएका नयाँ सिर्जनामध्ये ‘रिसैले जल्यो बरेिलै ले मौलिक तीज गीतको स्वादसँगै मनोरञ्जन पनि प्रदान गर्ने अपेक्षा गरिएको छ। गायिका कुमारी चेपाङले यस गीतप्रति दर्शक–श्रोताको माया, साथ र रचनात्मक सुझावको अपेक्षा व्यक्त गरेकी छन्।


















