पहिरो खसेपछि मुग्लिन नौबिसे सडकखण्ड फेरि अबरुद्ध

असार १ः पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्ड दिउँसो २ बजेदेखि अबरुद्ध बनेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका- ४ घोप्टेभिरस्थित पृथ्वी राजमार्गमा माथिबाट पहिरो झरी बाटो दुईतर्फी अवरूद्व बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट गएको प्रहरीसहितको सडक विभागको टोलीले सडक खुलाउने प्रयास गरिरहेको छ । काठमाडौं जाने र मुग्लिनतर्फ आउने गाडी सवारी साधन र यात्रु रोकिएका छन् ।