मोडल सञ्चिता शाही र गोरखाका चोङ गुरुङ वैवाहिक बन्धनमा बाँधिए

केपि कुमार जलन

नेपाली मोडल सञ्चिता शाही र गोरखा निवासी चोङ गुरुङ वैवाहिक बन्धनमा बाँधिएका छन्।

विवाहपछि सामाजिक सञ्जालमार्फत सञ्चिताले विवाहमा उपस्थित भई माया, आशीर्वाद तथा शुभकामना व्यक्त गर्ने सम्पूर्ण आफन्त, साथीभाइ र अग्रजप्रति हार्दिक आभार व्यक्त गरेकी छन्।

उनले सबैको माया, साथ र शुभकामनाले आफ्नो जीवनको यो विशेष क्षण अझै अविस्मरणीय बनेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै माया र आशीर्वादको अपेक्षा गरेको बताएकी छन्।

सञ्चिताले आफ्नो जीवनसाथी चोङ गुरुङसँगको तस्बिर सार्वजनिक गर्दै नयाँ वैवाहिक जीवनको सुरुआत गरेको जानकारी दिएकी हुन्।

विवाहको खबर सार्वजनिक भएसँगै शुभेच्छुक, कलाकार तथा प्रशंसकहरूले नवदम्पतीलाई सुखद र सफल दाम्पत्य जीवनको शुभकामना व्यक्त गरिरहेका छन्।